2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रतिबन्धीत क्षेत्रमा मदिरा बोक्ने गाडी र चालक धरौटीमा रिहा

कात्तिक २०, दार्चुला । यहि कार्तिक १५ गते राती मालिकार्जुनबाट प्रहरीले बरामद गरेको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालयले लिलाम गर्ने भएको छ । 

विभिन्न ब्राण्डको ३२ पेटी मदिरा कारोबारमा संलग्न देखिएका गाडी चालकलाई १५ हजार रुपैँया, तथा दुईवटा गाडीहरुलाई २५ हजार रुपयाँ धरौटीमा छाडिएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख जयानन्द जोशीले जानकारी दिनुभयो ।

विभिन्न ब्राण्डको जम्मा ३२ पेटी अबैध मदिरा मध्ये मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का प्रकाशसिह धामीले आफ्नो १२ पेटी मदिरा आफ्नो मात्रै रहेको स्वीकारेका छन् । मदिरा बरामद गर्दा मालिकार्जुन गाउँ पालिका वडा नम्बर ३ का नवनिर्वाचित सदस्य पदमसिह धामी, सोही वडाका कम्मानसिह धामीको पनि नाम रहेको थियो ।

अन्य १९ पेटी मदिरा कसको हो भन्ने अझै एकीन नभएको र त्यसको अनुसन्धान पनि भईरहेको कोलेनिकाले जनाएको छ । मदिरा कारोबारमा संलग्न देखिएका प्रकाशसिह धामीलाई पनि ३७ हजार रुपैँया धरौटीमा छाडिएको कोलेनिकाले जनाएको छ ।

बरामद गरिएको मदिराको मूल्य एकलाख भन्दा बढी रहेको छ । उक्त मदिरालाई लिलाम विक्री गरिने कोलेनिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई