Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भारतमा फेरि दुई वटा गैँडा भेट्टियो, निकुञ्जको टोली भारतमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कत्तिक २०, चितवन । भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ ।

रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको अनुमान गरिएको भारत पुग्नुभएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए ।

“नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किमी भारततर्फ दुई वटा बयस्क गैँडा देखिएका छन्, दुई÷चार दिनमा उद्धार गर्नुपर्ने देखिएको छ”– डा गैरेले भन्नुभयो । भारतको वाल्मीकि टाइगर रिजर्बले गैँडा लैजान अनुरोध गरेपछि अवस्था बुझ्न भारत पुगेको उनले बताए ।

गैँडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्य सामग्री पनि लैजानेक्रम शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ । गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए । दुई वटा गैँडा भने बाढीका कारण मरेको थियो । बाढीले चितवन निकुञ्जको वन्यजन्तु वासस्थान नै तहसनहस बनाएको थियो । रासस