१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्न थाले

२० कार्तिक २०७४, सोमबार ०६:१५

युवराज पाण्डे/कात्तिक २०, बनेपा  । शरहमा भन्दा काभ्रेपलाञ्चोकको दुर्गम ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्न थालेका छन् । 

सुनसान जस्तै बनेका जिल्लाका दुर्गम ग्रामीण भेग अहिले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका झण्डा र चुनावी चहलपहलले झकिझकाउ भएको छ । 

जिल्लाका दुर्गम क्षेत्र मानिने कोशिपारीका गाउँपालिका र महाभारत शृृखला डाँडापारीका जिल्लामा भिन्दाभिन्दै कार्यक्रममार्फत उम्मेदवारका लागि भोट माग्ने कार्यक्रम भइरहेको वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले जनाएको छ । 

कोशिपारी क्षेत्रका केही भू–भाग काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं २ अन्तर्गतपर्छ भने डाँडापारी क्षेत्रका केही भू–भाग निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्छ । तर अधिकांश ग्रामीण क्षेत्र दुर्गमको रुपमा लिइन्छ । 

महाभारत शृखलाको डाँडापारीका केही भू–भागमा यातायातको कुनै पनि सञ्जाल छैन भने कोशिपारीका कतिपय क्षेत्रमा खानेपानीको चरम समस्याले गुज्रेको अवस्था छ । अहिले वर्षौदेखि रहेको विभिन्न समस्यालाई प्राथमिकतामा राखेर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले दुर्गम ग्रामीण क्षेत्रमा संयक्तरुपमा भोट मागिरहेका छन् । 

प्रतिनिधि सभा क्षेत्र नं २ को २ का प्रदेश सभाका उम्मेदवार वसुन्धरा हुमागार्इंले गाउँगाउँमा संयुक्तरुपमा वाम गठबन्धनका लागि नै भोट मागिएको जानकारी दिँदै वामपन्थीको स्थायी सरकार भए त्यसले आमूल परिवर्तन ल्याउछ भन्नुभयो । 

उहाँले बनेपाको फोहोर व्यवस्थापनको चुनौती रहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन, कृषिको आधुनिकीकरण, बाटोघाटोको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानलगायतका काम निर्वाचित भएपछि प्रभावकारी ढंगले गर्ने बताउनुभयो । 

प्रदेश सभाका उम्मेदवार हुमागाईंले भन्नुभयो– “औद्योगिक करिडोर र कलकारखाना, उद्योगको समेत सम्भाव्यता अध्ययन गरेर पूर्वाधार विकासलाई तीव्र बनाइने छ ।” 

प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार गंगाबहादुर दोङले संविधान कार्यान्वयन, समानुपातिक तथा समावेशी राजनीतिक प्रणाली र समाजवाद उन्मुख संविधानलाई राजनीतिक रुपमा स्थापित गराउन आवश्यक रहेको उल्लेख गर्दै ग्रामीण दुर्गम क्षेत्रमा देखिएको बाटोघाटो र पुल–पुलेसाको समस्या समाधानका लागि आफ्नो उम्मेदवारी परेको बताउनुभयो । 

उहाँले तेमाल क्षेत्रमा अहिले पनि खानेपानीको चरम अभाव झेल्नुपरेको जानकारी दिँदै खानेपानीको समस्या समाधान, कृषि र पशुपालनको आधुनिकीकरण, जडीबुटीको अधानिकीकरण, प्रचुर पर्यटनको सम्भावना, शिक्षा र स्वास्थ्यमा परिवर्तन आवश्यक भएकोमा जोड दिनुभयो । 

प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार दोङले भन्नुभयो–“हाम्रो निर्वाचन क्षेत्रमा १७ हजार फरक मत भएकाले पनि हाम्रो विजय सुनिश्चित रहेको छ ।” प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार तथा नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आर्चायले प्राकृतिक रुपमा पर्यटकीय सम्भावना रहेको काभ्रेपलाञ्चोकमा कृषिको आधुनिकिकरण र जलस्रोतको पनि उत्तिकै सम्भावना रहेकाले त्यसको विकास काँग्रेसको नेतृत्वमा मात्रै हुने दाबी गर्नुभयो । 

उहाँले जिल्लामा विगतका निर्वाचनमा पूर्वाधार विकास वा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काँग्रेसले प्रभावकारी काम गरेको जिकिर गर्दै जिल्लाको समग्र र सन्तुलित विकास आवश्यक छ भन्नुभयो । 

उहाँले भन्नुभयो– “दुर्गम डाँडापारीका कतिपय जिल्लामा मोटरको सञ्जाल नभएकाले त्यसलाई हामीले उच्च प्राथमिकता दिएका छौ ।” प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० गते पहिलो चरणमा र दोस्रो चरण मंसिर २१ गते हुदैछ । 

कूल ४१ हजार ४४२ नयाँ मतदाता थपिएको काभ्रेपलाञ्चोकमा कुल मतदाता दुई लाख ७२ हजार २९२ पुगेका छन् । जहाँबाट दुईजना प्रतिनिधि सभा सदस्य र चारजना प्रदेश सभाका लागि निर्वाचित हुनेछन् । ३५० मतदान केन्द्र रहेको जिल्लामा मतदानस्थल १८९ कायम भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट