2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्न थाले

युवराज पाण्डे/कात्तिक २०, बनेपा  । शरहमा भन्दा काभ्रेपलाञ्चोकको दुर्गम ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्न थालेका छन् । 

सुनसान जस्तै बनेका जिल्लाका दुर्गम ग्रामीण भेग अहिले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका झण्डा र चुनावी चहलपहलले झकिझकाउ भएको छ । 

जिल्लाका दुर्गम क्षेत्र मानिने कोशिपारीका गाउँपालिका र महाभारत शृृखला डाँडापारीका जिल्लामा भिन्दाभिन्दै कार्यक्रममार्फत उम्मेदवारका लागि भोट माग्ने कार्यक्रम भइरहेको वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले जनाएको छ । 

कोशिपारी क्षेत्रका केही भू–भाग काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं २ अन्तर्गतपर्छ भने डाँडापारी क्षेत्रका केही भू–भाग निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्छ । तर अधिकांश ग्रामीण क्षेत्र दुर्गमको रुपमा लिइन्छ । 

महाभारत शृखलाको डाँडापारीका केही भू–भागमा यातायातको कुनै पनि सञ्जाल छैन भने कोशिपारीका कतिपय क्षेत्रमा खानेपानीको चरम समस्याले गुज्रेको अवस्था छ । अहिले वर्षौदेखि रहेको विभिन्न समस्यालाई प्राथमिकतामा राखेर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले दुर्गम ग्रामीण क्षेत्रमा संयक्तरुपमा भोट मागिरहेका छन् । 

प्रतिनिधि सभा क्षेत्र नं २ को २ का प्रदेश सभाका उम्मेदवार वसुन्धरा हुमागार्इंले गाउँगाउँमा संयुक्तरुपमा वाम गठबन्धनका लागि नै भोट मागिएको जानकारी दिँदै वामपन्थीको स्थायी सरकार भए त्यसले आमूल परिवर्तन ल्याउछ भन्नुभयो । 

उहाँले बनेपाको फोहोर व्यवस्थापनको चुनौती रहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन, कृषिको आधुनिकीकरण, बाटोघाटोको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानलगायतका काम निर्वाचित भएपछि प्रभावकारी ढंगले गर्ने बताउनुभयो । 

प्रदेश सभाका उम्मेदवार हुमागाईंले भन्नुभयो– “औद्योगिक करिडोर र कलकारखाना, उद्योगको समेत सम्भाव्यता अध्ययन गरेर पूर्वाधार विकासलाई तीव्र बनाइने छ ।” 

प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार गंगाबहादुर दोङले संविधान कार्यान्वयन, समानुपातिक तथा समावेशी राजनीतिक प्रणाली र समाजवाद उन्मुख संविधानलाई राजनीतिक रुपमा स्थापित गराउन आवश्यक रहेको उल्लेख गर्दै ग्रामीण दुर्गम क्षेत्रमा देखिएको बाटोघाटो र पुल–पुलेसाको समस्या समाधानका लागि आफ्नो उम्मेदवारी परेको बताउनुभयो । 

उहाँले तेमाल क्षेत्रमा अहिले पनि खानेपानीको चरम अभाव झेल्नुपरेको जानकारी दिँदै खानेपानीको समस्या समाधान, कृषि र पशुपालनको आधुनिकीकरण, जडीबुटीको अधानिकीकरण, प्रचुर पर्यटनको सम्भावना, शिक्षा र स्वास्थ्यमा परिवर्तन आवश्यक भएकोमा जोड दिनुभयो । 

प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार दोङले भन्नुभयो–“हाम्रो निर्वाचन क्षेत्रमा १७ हजार फरक मत भएकाले पनि हाम्रो विजय सुनिश्चित रहेको छ ।” प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार तथा नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आर्चायले प्राकृतिक रुपमा पर्यटकीय सम्भावना रहेको काभ्रेपलाञ्चोकमा कृषिको आधुनिकिकरण र जलस्रोतको पनि उत्तिकै सम्भावना रहेकाले त्यसको विकास काँग्रेसको नेतृत्वमा मात्रै हुने दाबी गर्नुभयो । 

उहाँले जिल्लामा विगतका निर्वाचनमा पूर्वाधार विकास वा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काँग्रेसले प्रभावकारी काम गरेको जिकिर गर्दै जिल्लाको समग्र र सन्तुलित विकास आवश्यक छ भन्नुभयो । 

उहाँले भन्नुभयो– “दुर्गम डाँडापारीका कतिपय जिल्लामा मोटरको सञ्जाल नभएकाले त्यसलाई हामीले उच्च प्राथमिकता दिएका छौ ।” प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० गते पहिलो चरणमा र दोस्रो चरण मंसिर २१ गते हुदैछ । 

कूल ४१ हजार ४४२ नयाँ मतदाता थपिएको काभ्रेपलाञ्चोकमा कुल मतदाता दुई लाख ७२ हजार २९२ पुगेका छन् । जहाँबाट दुईजना प्रतिनिधि सभा सदस्य र चारजना प्रदेश सभाका लागि निर्वाचित हुनेछन् । ३५० मतदान केन्द्र रहेको जिल्लामा मतदानस्थल १८९ कायम भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई