१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिदै

२० कार्तिक २०७४, सोमबार ०६:२०

नारायण अधिकारी/कात्तिक २०, चितवन । गत वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासीको जटायु रेस्टुराँमा लगेर प्रकृतिमा छोड्नका लागि खोरमा राखिएका छ वटा गिद्धलाई यही कात्तिक २३ गते प्रकृतिमा छाडिने भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, वन विभागका सचिव डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्कालगायतको उपस्थितिमा गिद्ध छाडिनेछ । छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यको बारेमा अनुसन्धानका लागि नेपाल पक्षी संरक्षण संघ र निकुञ्ज विभागका प्राविधिकले गत एक सातादेखि काम गरिरहेका छन् । 

नेपाल पक्षी संरक्षण संघ गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुषालका अनुसार खोरमा राखिएका सबै गिद्धको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ । सबैको स्वास्थ्य राम्रो रहेको र लगाइएका ‘सेटलाइट ट्याग’ ठीक अवस्थामा रहेको उहाँले बताउनुभयो । 

जटायु रेष्टुटाँमा प्रकृतिमा रहेका छवटा गिद्धलाई समाएर सेटलाइट ट्याग लगाएर छाडिएका थिए । तीनको आनीबानी नियमित रुपमा अनुगमन भइरहेको छ । भुषालका अनुसार ती गिद्ध पश्चिम नेपालको बाँके क्षेत्रसम्म पुगेको देखिएको छ । नवलपरासीको जटायु रेस्टुराँबाट दुई सय किलोमिटर पश्चिमसम्म पुगेका गिद्ध पुनः फर्किएर रेस्टुराँमै आएको उहाँले बताउनुभयो । 

प्रकृतिमा छाडिएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आएको छ । जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुराँमा गरिएको छ । 

उनीहरुलेसँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । तिनीहरुलाई छाडिएसँगै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा रहेका पाँचवटा गिद्धलाई पुनः सोही खोरमा लगेर राख्ने कार्यक्रम रहेको छ । हाल खोरमा ५७ वटा गिद्ध रहेका छन् । 

अति संकटापन्न अवस्थामा रहेको डंङ्गुर जातको गिद्धको संख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । 

सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । 

सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत वैशाखमा जटायु रेस्टुराँमा छाड्नका लागि खोरमा लगेर राखिएको थियो । 

सन् २०१७ मा पाँचवटा, सन् २०१८ र २०१९ मा चार÷चारवटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालिएको हो । 

मुख्य रुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । 

सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । 

त्यस्ता मासु खाँदा गिद्धको मिर्गाैलामा खराबी हुने र गिद्ध मर्ने गरेको उहाँले बताउनुभयो । त्यसपछि डाइक्लोफिनाक औषधि नेपाल सरकारले २००७ मा नै प्रतिबन्ध लगाएको छ । नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलोपटक जटायु रेस्टुराँ सञ्चालनमा ल्याइएको हो । 

हाल देशभरमा सात ठाउँमा यस्ता रेस्टुराँ शुरु गरिएको छ । जटायु रेस्टुरा गिद्ध संरक्षण केन्द्र हो । जसले बुढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाय किनेर राख्ने गर्दछ । जटायु रेस्टुराँ व्यवस्थापन समितिका संयोजक डिबी चौधरीका अनुसार उत्पादन दिन छोडेर बुढो भएका एउटा पशुको रु २५० मा रेस्टुराँले किन्ने गर्दछ । ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ