कात्तिक २०, नुवाकोट । धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा आज एक्स्काभेटर दुर्घटना हुँदा नुवाकोटका चालकको मृत्यु भएको छ ।
सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टँदा विदुर नगरपालिका–११ गेर्खुका कृष्णबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टिएर २० मि तल पुग्दा लामाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको परिवारका सदस्य नुवाकोटबाट पुग्न बाँकी रहेकाले शव घटनास्थलमा नै छ । रासस