Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई गठबन्धनलाई टक्कर दिने आयो अर्को प्रगतिशील लोकतान्त्रिक गठबन्धन

२०७४, २२ कार्तिक बुधबार १६:१३

कात्तिक २२, काठमाडौँ । नेकपा (माले), जनसमाजवादी पार्टी तथा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा (एमाले) तथा नेपाली काँग्रेस परित्याग गरेका नेता कार्यकर्ता सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको छ । 

रिपोर्टस क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा मालेका महासचिव सिपी मैनालीले सो जानकारी दिनुभयो । मैनालीको नेतृत्वमा रहेको नवगठित प्रगतिशील लोकतान्त्रिक गठबन्धनमा जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफले, नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र झा, केन्द्रीय सदस्य दीपककुमार लाभ, राजपा पर्साका सत्यनारायण रौनियार, जिल्ला उपाध्यक्ष सन्तोषकुमार साह, सो पार्टीको पर्सा जिल्ला महिला संगठनका अध्यक्ष अनिता रौनियार, एमाले बाराका सदस्य शिवनाथ महतो, नयाँ शक्ति पार्टी नेपालका किसुन राउत अहित तथा तरुण दल जिल्ला सदस्य जितेन्द्रकुमार सिंह आबद्ध हुनुभएको छ । 

उहाँहरुले संयुक्त विज्ञप्ति जारी गरी आफ्नो स्वार्थ मात्र हेर्ने संकीर्ण नीतिबाट आजित भएर आफूहरुले नयाँ गठबन्धन बनाएको र मालेको चुनाव चिह्न हँसिया तारा लिएर निर्वाचनमा जाने उल्लेख गर्नुभएको छ । 

सो अवसरमा महासचिव मैनालीले मुलुकको आर्थिक विकासका लागि भन्दा पनि सत्ता स्वार्थका लागि वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाएको आरोप लगाउँदै ती गठबन्धनबाट देशको हित नहुने भएकाले आफूहरुले प्रगतिशील गठबन्धन निर्माण गरेको दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी