2026-09-05 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा इरानको आक्रमण

काठमाडौं । इरानको सशस्त्र बल इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ।

नुर न्युजले उल्लेख गरेको आईआरजीसीको विज्ञप्ति अनुसार कुवेतको अल उदइद एयर बेसमा रहेको एउटा गोलाबारुद डिपोमा ड्रोनबाट आक्रमण गरिएको हो। यसका साथै कुवेतको अली अल सालेम एयर बेसमा रहेको एउटा मुख्यालय भवन र गोलाबारुद भण्डारण केन्द्रहरू एवं केही सञ्चार हबहरूमा पनि आक्रमण भएको छ।

आईआरजीसीले जोर्डनको अल अजराक एयर बेसमा रहेका इन्धन भण्डारण ट्याङ्कहरूमा पनि ड्रोनहरूले आक्रमण गरेको कुरा थपेको छ।

यस प्रतिवेदनका अनुसार आफ्नो लोकेसन, इन्फ्रास्ट्रक्चर, सैन्य उपकरण र वासिङ्टनको ठूलो लगानीका कारण अल अजराक एयर बेस यस क्षेत्रकै एउटा प्रमुख अमेरिकी बेस मानिन्छ।

यस आक्रमणको बारेमा आईआरजीसीले भनेको छ, ‘ड्रोनहरूले कुवेतको अल उदइद एयर बेसमा रहेको गोलाबारुद डिपो, अली अल सालेम एयर बेसको एउटा मुख्यालय भवन र गोलाबारुद भण्डारण केन्द्रहरूका साथै केही सञ्चार हबहरूमा आक्रमण गरे।’

आफ्नो भनाइमा थप स्पष्ट पार्दै आईआरजीसीले भनेको छ, ‘ड्रोनहरूले जोर्डनको अल अजराक एयर बेसमा रहेका इन्धन भण्डारण ट्याङ्कहरूमा पनि आक्रमण गरे।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल