Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनको सरकार निर्माण हुन्छ: श्रेष्ठ

२०७४, २३ कार्तिक बिहीबार ०७:२१

कात्तिक २३, काठमाडौँ । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले आगामी मंसिरमा हुने निर्वाचनले देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) ले नागार्जुन नपा–९ स्युचाटारमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा पूर्वाधार विकास तथा आर्थिक समृद्धि कायम गर्न सरकारको स्थायित्वको खाँचो औँल्याउँदै त्यसका लागि संयुक्त वाम गठबन्धनको औचित्यलाई जनताले निर्वाचनमा पुष्टि गर्ने विश्वास व्यक्त गर्नुभयो । 

आर्थिक रुपले पिछडिएका क्षेत्र, वर्ग, अल्पसंख्यकलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै एमालेको नेतृत्वमा वाम सरकार गठन भएपछि पिछडिएको वर्गको उत्थानका लागि विभिन्न आर्थिक परियोजनाका कार्यक्रम ल्याउने बताउनुभयो । प्रत्येक वडामा १० श्ययाको अस्पताल निर्माणको योजना रहेको उहाँको भनाइ थियो । 

प्रदेश नं (ख) का उम्मेदवार केशवप्रसाद पोखरेलले संयुक्त वाम गठबन्धनका विरुद्ध अनेक खालका षडयन्त्र शुरु हुन थालेकामा त्यसतर्फ चनाखो हुन आग्रह गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का समानुपातिक उम्मेदवार सुभद्रा भुजेलले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गरी पर्याप्त रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी