२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको विकासका लागि वामपन्थीहरुको विकल्प छैन्: ज्ञवाली

२०७४, २३ कार्तिक बिहीबार १२:४९

प्रेम सुनार/कात्तिक २३, गुल्मी । कानिेकपा एमालेका केन्द्रीय सचिव  तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले अव मुलुकको निकास र विकासका लागि वामपन्थीहरुको विकलप नभएको बताएका छन् ।

आज फोक्सीङ्गको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली जनताले सवै कम्युनिष्टहरु एक भई दिए हुन्थ्यो भन्ने चाहनालाई पुरा गर्दै र श्रमजिविज जनताको उक्त चाहना पुरा गर्न सम्पुर्ण कम्युनिष्टहरु एक भई सकेको बताए ।

वामपन्थी शक्तिहरुलाई यसपाली दल विचार नहेरी आगामी ५ वर्षसम्म विकास गर्ने अवसर मात्रै दिनुहोस हामी तपाईहरुको अपेक्षा पुरा गर्ने छौं र मुलुकलाई समृद्ध बनाएरै छाड्ने छौं उनले भने मैले लगाएको जुत्ता त दुई वर्ष टिक्छ तर सरकार ९ महिना पनि टिक्दैन अनि कसरी विकास हुँन्छ ?

 नेपालको विकास र श्रमजिवि वर्गको समृद्धिका लागी वामपन्थीहरुको विकल्प नभएको भन्दै त्यसलाई सघाई नयाँ नेपाल निर्माणमा सरिक हुन सबैलाई आग्रह समेत गरे  ।  विगतको २७ वर्षको इतिहास हेर्दा ७ वर्ष मात्रै देशको आर्थिक बिकास गरेको भन्दै उनले आगामी ५ वर्ष सम्म आफुहरुलाई साथ दिनु आग्रह गरे  ।

आफु २,२ पटक साँसद हुँदा र एक पटक मन्त्री हुँदा गुल्मीको विकासमा उल्लेखनिय योगदान गरेको कुरा जनतालाई अवगत नै भएकोले आफुले अरुले जस्तै फलक्दै नहिड्ने उनको भनाई दियो । 

जिल्लाको विकास निर्माण कालिगण्डकी करीडोर लगायतका क्षेत्रमा महत्वपुर्ण योगदान पुराएकोले पनि आफु र आफ्ना वाम गठबन्धन जिल्लामा सफल हुने उहाँको दावि छ ।

सोही क्षेत्र प्रदेश १ का वामगठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन बरालले नेकपाल एमालेलाई जिताउने जिम्मा माओवादी केन्द्रको भएको बताए ।

केन्द्रमा एमाले र माओवादी केन्द्र मिलि वाम गठबन्धन निर्माण गरेको र एक आपसमा विश्वास गरेको भन्दै एमालेलाई जिताउने जिम्मा आफुहरुले लिएको ुबताए । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ को चन्द्रकोट गाउँपालिका स्थीत ग्वाघामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता बरालले यस्तो बताएका हुन्  ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी