2026-10-15 08:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतका दुई पसलमा आगलागी हुँदा करोडौंको क्षेती

दलसिंह गिरी/कार्तिक २३, सुर्खेत । जुम्ला रोड सुर्खेत मंगलडीचोक नजिक रहेको बराल बिजिनेश सेन्टरमा आगलागी हुदा करीब ३ करोड बराबरको क्षति पुगेको छ ।

बुधबार राती करीब २ बजे तिर आगलागी हुदा बराल बिजिनेश सेन्टर भित्र रहेका सबै स्टेसनरी सामाना, कम्प्यूटर, ल्यापटप लगायतका सबै सामानहरु नष्ट भएकाछन् । आगो बढ्दै गएपछि छेउमा रहेको रोशन ड्रग हाउसमा पनि आगजनी भएको छ । उद्योग बाणिज्य संघ कालीकोटका पूर्ब बरिष्ट उपाध्यक्ष समेत रहेका बराल बिगत एक बर्ष देखि सुर्खेतमा ब्यापार गरी बसेका हुन् । 

पसलमा आगलागी कसरी भयो एकिन नभएपनि सिसी क्यामरा बन्द नगरेको र पसमा मुसाहरुको बिग्बिगी रहेकाले मुसाले बिद्युत्तको कुनै तार काटेर आगलागी भएको अनुमान गरिएको छ । रातिको समयमा आगलागी भयो, एम्बुलेन्स नेपालगञ्ज गएको रहेछ, आगलागी हुने बित्तिकै म पसलमा पुगे पानी थिएन, काउन्टर सम्म त जान भ्याए, तर केही गर्न सकिएन म बेहोश भएछु प्रोपराइटर बरालले भने ।

आगलागी भएको खबर थाहा पाएर पसलमा आउदा पनि आगो निभाउन सकिएन, बरालले भने पुराना र नयाँ खाताहरु, ल्यापटप, कम्प्यूटर दुई थान, फोटोकपी मेसिन, दिनभरको ब्यापारको रकम, अरुले राख्न दिएको नगद तथा सबै सामानहरु पनि नष्ट भयो, के के थियो सबै म भन्न सक्दिन, जे थियो सबै नष्ट भयो । मेरो पसलमा २ करोड बढिको क्षति भयो, डग हाउसमा पनि क्षति पुगेकोछ, यत्ति नै क्षति भयो भनेर भन्न कठिनछ, बरालले भने जिन्दगीको सबै उपलब्धी स्वाहा भयो ।

परिश्रम गर्दै ऋण गरेर कमाएको पुँजी पनि स्वाहा भयो, कसलाई यत्ती क्षति भयो भनेर के पाउनुछ, सडकमा हिड्नेहरुका कथा सडकलाई मात्रै थाहा हुन्छ । सडकमा जति कुर्लिएपनि कसैले सुन्दैन भनेर पनि के नै हुन्छ, उनले दुखेसो पोखे । 

कालीकोट उद्योग बाणिज्य संघका पूर्ब बरिष्ट उपाध्यक्ष समेत रहेका बरालको पसलमा भएको आगलागी र पुगेको क्षति प्रति सबैले दुःख ब्यक्त गरे पनि बराललाई पुगेको क्षतिको उपरा कुनै संकेत देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने