2026-09-14 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलविद्युतमा लगानी हुँदै कम्पनीको स्वँपुजी

दलसिंह गिरी/कार्तिक २३ कालिकोट । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले ४२६ मेगावाटको फूकोट–कर्णाली जलविद्युत् आयोजनामा स्वँपुजी (इक्विटी)  गर्ने निर्णय गरेको छ । 

६ वर्षअघि स्थापनाभएको कम्पनीले हालसम्म जलविद्युत् आयोजनाहरुमा ऋण लगानीमात्र गर्दै आएको छ । फूकोट–कर्णालीमा भने कम्पनीले १० प्रतिशत स्वपुँजीलगानी गर्न लागेको हो । 

कम्पनीमा बसेको बैठकले उत्पादक कम्पनीको अनुरोधमा लगानीको निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत छविलाल पोखरेलले जानकारी दिए । ‘कम्पनीले १० प्रतिशत अर्थात् १ अर्ब २६ करोड रुपैयाँ बराबर लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले पाँचवर्षे व्यवसायिक योजना सार्वजनिक गरेपछिको यो पहिलो लगानी पनि हो,’ उनले भने । 

निजामतिकर्मचारी सहित नेपाली सेना, प्रहरी, शिक्षक लगायतको सेयर लगानीमा निर्माण हुनलागेको आयोजना २० प्रतिशत इक्विटी र ८० प्रतिशत लोनमा निर्माण हुन लागेको छ । कालीकोटमा निर्माण हुनलागेको आयोजनालाई ऊर्जा मन्त्रालयले गत साउनमा अध्ययन अनुमतिपत्र दिएको थियो ।

अहिले सम्म ५ सय ४१ मेगावाटका १४ आयोजनामा ६ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरिसकेको आयोजनाले पाँचवर्ष भित्र १५ अर्ब बराबर लगानीगर्ने लक्ष्य राखेको छ । 

विदेशी पुँजी भित्र्याएर तथा स्वदेशकै पुँजी जम्मा गरेर कम्पनीले सरकारी तथा नीजी क्षेत्रका आयोजनाहरूमा इक्विटी र लोन दुवै लगानीगर्ने योजना रहेको प्रमुखकार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । 

कम्पनीको बोर्ड बैठकले सेयर लगानीकर्ताहरूलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । कम्पनीका अनुसार ५० करोड बराबरको लाभांश वितरण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ