चिसाङ शेर्पा | कात्तिक २४, खोटाङ | आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक २४, खोटाङ | आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रै"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘तयामा, खियामा र रैछाकुले’ प्रतिमा हलेसीस्थित तुवाचुङडाडाँमा अनावरण गरिने

२४ कार्तिक २०७४, शुक्रबार ११:३२

चिसाङ शेर्पा | कात्तिक २४, खोटाङ | आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रैछाकुले” का प्रतिमा अनावरण सँगै बृहत सांगीतिक कार्यक्रमको तयारी गरिएको छ । किराती सभ्यताको उद्गम स्थलका रुपमा लिईने खोटाङस्थित तुवाचुङ डाडाँमा बृहत कार्यक्रमको तयारी गरिएको हो । 

किरात राई यायोक्खा केन्द्रीय कार्य समितिको आयोजना तथा किराया तयामा, खियामा, रैछाकुले प्रतिमा स्थापना समितिको ब्यवस्थापनमा हुन लागेको प्रतिमा अनावरण बिशेष कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राईसँगै चर्चित गायक–गायिकाहरुको उपस्थिती तथा सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । बिश्वको इतिहासमै पहिलो पटक निर्माण भएको प्रतिमा अनावरण कार्यक्रममा गायिकाद्वय सरला राई, पार्बती राई, गायक तथा संगीतकार राई नबिन, राजु एन राई, गायिकाहरु मेनुका राई , जानुका राई , गायक तथा संगीतकार पदम थुलुङ राई, रोशन बान्तावा, रामकर राई , सुरज मेवाहाङ राई, इशक राई आदिको प्रस्तुति रहने छन् । साथमा तयामा, खियामा, रैछाकुले सम्बन्धी बिशेष साकेला शिलीको समेत प्रदर्शन हुने बताईएको छ ।

प्रतिमा निर्माण तथा अनावरणका लागि देश बिदेशमा रहेका दाताहरुबाट स्वस्फुर्त रुपमा रकम संकलन भएको ब्यवस्थापन समितिका सह–संयोजक तथा आर्थिक संकलन समितिका संयोजक तेजप्रकाश राई(अधिराज)ले जनाए । ज्ञान राईको संयोजकत्वमा गठित ब्यवस्थापन समितिले देश बिदेशमा रहेका संघसंस्था तथा दाताहरुबाट करिब ६० लाख रुपैंयाँ रकम संकलन गरी प्रतिमा स्थापना तथा अनावरण गर्ने अन्तिम तयारीमा जुटेको राईको भनाई छ । दुई बर्ष अघिदेखि थालिएको प्रतिमा स्थापना अभियानलाई सफल बनाउन जिल्ला, देश तथा देश बाहिर रहेका किरात, गैर किरात सम्बन्धित संघसंस्था, समाजसेवी लगायतका ब्यक्ति ब्यक्तित्वको उत्तिकै हात रहेको ब्यवस्थापन पक्षले जनाएको छ । 

स्वर्गीय अर्जुन खालिङको स्केचमा धनु याख्खाले तयामा–खियामा र रोजन राईले रैछाकुलेको प्रतिमा निर्माण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट