
काठमाडौँ | साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ४५८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५४ हजार ५ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९२७ रुपैयाँ कायम भएको छ ।