
काठमाडौँ | स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य भने प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ कायम छ । यसअघि बुधबार चाँदीको मूल्य ४ हजार ७ सय ४५ रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।