2026-08-16 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने

गैरआवासीय नेपाली संघमा विश्वभर रहेका नेपालीलाई समेट्ने, दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र साझा पहिचान बलियो बनाउने काम अब संस्थाको प्रमुख प्राथमिकता हुने ।

अनिल अधिकारी । साउन ३१, ग्वाङ्झाउ, चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष हेमराज शर्माले संस्थाभित्र विगतमा देखिएको विभाजन अब अन्त्य भएको दाबी गरेका छन् । चीनको ग्वाङ्झाउमा आयोजित एनआरएनएको ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ अन्तर्गत सनिबार सम्पन्न पहिलो दिनको कार्यक्रममा बोल्दै उनले अब संगठन एकताबद्ध रूपमा गैरआवासीय नेपालीका साझा मुद्दामा केन्द्रित हुने बताए ।

शर्माले विगतमा फरक–फरक धार र मतभेदका कारण एनआरएनएभित्र मनहरू समेत विभाजित भएको उल्लेख गर्दै अहिले ती दूरी घटेको बताए । “विगतमा मनहरू फाटेका थिए, अहिले ती मनहरू जुटेका छन्,” उनले भने, “अब विभाजन कहीँ पनि छैन, विभाजन शून्य भएको छ । हामी सबै एकै ठाउँमा आएका छौं ।”

उनले एनआरएनएलाई केवल व्यवसायी वा लगानीकर्ताको संस्थाका रूपमा बुझ्न नहुने बताए । विश्वभर रहेका नेपालीलाई समेट्ने, दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र गैरआवासीय नेपालीको साझा पहिचान बलियो बनाउने काम अब संस्थाको प्रमुख प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता, “एक पटकको नेपाली, सधैंको नेपाली”, मतदान अधिकार, नेपाली मूलका विदेशी नागरिकलाई दिइने पहिचान तथा ब्रिटिस गोर्खाका विषय समेत प्रमुख रूपमा उठेका छन् । कार्यक्रममा सुरुवातकै सेसनमा एनआरएनएका बिभिन्न बहशका विषयमा ब्यापक छलफल भएको छ । जसमा बिभिन्न दलका सांसदहरुले एक्यबद्धता व्यक्त गर्दै गैर आवासिय नेपालीले उठाएका नागरिकता सम्बन्धि, लगानी सम्बन्धि बिभिन्न मुद्धामा नेपालका सबै राजनीतिक दल एकै ठाउँमा रहेको र सम्वोधनको लागि समेत सकारात्मक रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा अध्यक्ष शर्माले संविधानको धारा २९१ मा रहेको व्यवस्थाको पनि पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । विदेशको स्थायी आवासीय अनुमति लिएका नेपाली नागरिकलाई निश्चित निर्वाचन, मनोनयन तथा नियुक्तिमा लगाइएको सीमालाई संशोधन गर्नुपर्ने उनको धारणा छ ।

उनले विश्वका विभिन्न देशमा फरक कानुनी हैसियतमा रहेका गैरआवासीय नेपालीलाई सम्बोधन गर्न एउटै छाता कानुन आवश्यक रहेको बताए। उनका अनुसार अस्थायी आवासीय अनुमति भएका नेपालीदेखि विदेशी नागरिकता लिएका नेपाली मूलका व्यक्तिसम्मलाई एउटै दीर्घकालीन नीतिभित्र जोड्न आवश्यक छ ।

सम्मेलनमा नेपालबाट सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि गैरआवासीय नेपालीका नागरिकता तथा कानुनी अधिकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

एनआरएनए नेतृत्वले काठमाडौंमा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई लक्षित गरी छुट्टै सम्मेलन गर्ने तयारी समेत भइरहेको जनाएको छ ।

ग्वाङ्झाउ सम्मेलनले यसपटक एनआरएनएको आन्तरिक एकतासँगै नागरिकता, पहिचान र नयाँ पुस्तालाई नेपालसँग जोड्ने विषयलाई संगठनको भावी एजेन्डाका रूपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ