२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ट्याक्टरको ठक्करबाट मजदुरको मृत्यु

२०७४, २५ कार्तिक शनिबार ११:४४

भास्कर के.सी/कत्तिक २५, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडकखण्ड निर्माणका क्रममा ट्याक्टरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । 

हुलाकी सडकखण्ड अन्तरगत बेलौरी नगरपालिका वडा नं. ७ टेडिया भन्ने स्थानमा बाबा हंससिद्धी शाही कन्स्ट्रक्सन जे.भी. कम्पनीले निर्माण गरिरहेको सडकमा निर्माण सामग्री बोकेको ट्याक्टरलाई पछाडी गर्ने क्रममा त्यही स्थानमा मजदुरी गरिरहेका रुपन्देही जिल्ला देवदह नगरपालिका २ स्थायी घरभएका अन्दाजी ४५ वर्षिय बसन्त ढुंगानाको ट्याक्टरको ठक्करबाट मृत्युभएको प्रहरीले जनाएको छ । 


मृतकको शवलाई पोष्टमार्टमका लागि बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहका राखिएको र परिवारजनको उपस्थितिमा पोष्टमार्टम गरिने जनाईएको छ । 

स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका १ स्थायी घर भएका ट्याक्टर चालक संजिव कार्की र उक्त ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी