२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सुन्दर युवा सञ्जालका अध्यक्षमा पुनः छत्कुली

२०७४, २५ कार्तिक शनिबार १५:३७

कात्तिक २५, मकवानपुर । हेटौंडाको चौकीटोलमा रहेको सुन्दर युवा सञ्जिालको अध्यक्षमा पुनः जीवन छत्कुली चयन भएका छन् । 

शनिबार भएको पहिलो वार्षिक साधारणसभाबाट छत्कुलीको अध्यक्षतामा ११ सदस्ययि नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सन्तोष पराजुली, सचिव सन्तोष सन्जेल, सहसचिव प्रेमिका लामा, कोषाध्यक्ष सञ्जय पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा गिरी पर्वतराज वर्तौला, केदार रेग्मी, रमा हुमागाईं, शुशील ढकाल, अविन काफ्ले र ज्योति पराजुली रहेका छन् । 


संस्थाका अध्यक्ष जीवन छत्कुलीको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा वडा नम्बर एकका अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । सभामा सचिव सन्तोष पराजुलीले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सन्तोष सन्जेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपाल अडिट एशोसिएसनका केन्द्रीय सचिव राजेन्द्र ढुङ्गाना, सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमल लामा, ओम वृद्धाश्रमका अध्यक्ष वुद्धिप्रसाद पौडेल, भ्वाइस अफ युथका महासचिव लक्ष्मण पराजुली, युवा सञ्जालका सल्लाहकार पुरुषोत्तम पराजुली, किशोर ढकाल र देवेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते