2026-09-19 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा गैर सरकारी संस्थाको कार्यक्रमहरु सञ्चालनमा रोक

कात्तिक २६, रसुवा (रासस) | आगामी मंसिर १० गते प्रथम चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्नसक्ने प्रभावलाई मध्यनजर राखी जिल्लामा गैरसरकारी संस्थाका कामकाजमा शनिबारदेखि रोक लगाएको छ । 

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार निर्वाचन अवधिमा गैरसरकारी संस्थाले गरेका कार्यक्रमले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउन असर पर्नसक्ने भएकाले निर्वाचन अवधिभरलाई कुनै काम नगर्न नगराउन निर्देशन दिइएको छ । 

भूकम्पपछि राहत सहयोगमा कार्यरत दर्जनौँ गैसस कार्यरत रहेका छन् । निर्वाचन आचारसंहिता पूर्णरुपले पालना गराउने कार्य स्वागतयोग्य भएको मतदाताले बताएका छन् । 

संस्थाले आफ्नो कार्य नीतिअनुसार काम गरे पनि कुनै दलले हामीले पठाएका हौँ भनी मतदातासामु बाँड्न सक्ने आश्वासन बेलैमा रोक्न उक्त कदम चालिएको बताइएको छ । 

तीनसय ५६ कर्मचारी खटाइने 

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ अधिकृत, ४५ नायबसुब्बा र अन्य दर्जाका २९६ गरी कूल ३५६ कर्मचारी खटाउने तयारी पूरा भएको छ । 

रसुवामा प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा कूल ३२ हजार ३२२ मतदाता रहेका सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी मतदानस्थल र मतदाता सुरक्षाका लागि आवश्यक सुरक्षा जनशक्ति तयार गरिएको प्रमुख जिल्ला अधिकारी हीरादेवि पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई