2026-11-01 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन

2026-09-01

काठमाडौँ | गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा खाना पकाउने ग्यास नपाइएको विरोधमा प्रदर्शन भएको छ। स्थानीय बासिन्दाले लामो समयसम्म खाना पकाउने ग्यास नपाएको भन्दै खाली सिलिण्डरसहित आज प्रदर्शन गरेका हुन्। उनीहरूले चोरकाटेस्थित मध्यपहाडी लोकमार्गस्थित सडकमा खाली सिलिण्डर राखेर प्रदर्शन गरेका थिए।

स्थानीय बासिन्दाका अनुसार लामो समयदेखि गोरखाका ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास अभाव छ। सदरमुकामस्थित ग्यास डिपोबाटै ग्यास बिक्री वितरण गर्ने गरिएको छ भने डिपोले खुद्रा पसलहरूमा ग्यास नपठाएको महिनौं भइसकेको उनी बताउँछन्। ग्यास पाइने आशामा सिलिण्डरसहित नाम टिपाएको महिनौं हुँदा पनि ग्यास नपाइएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन्। गोरखा सदरमुकाममा ग्यास बिक्री वितरण गर्ने दुई वटा डिपो छ र त्यहीँबाट ग्यास वितरण गर्ने गरिएको छ।

सदरमुकामका ग्यास डिपोमा पनि राति अबेरसम्म ग्यास बिक्री वितरण हुने गरेको छ। उपभोक्ताहरू लामो समय लाइनमा बसेपछि मात्रै ग्यास पाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द