
काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ थियो । चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।