
काठमाडौँ | स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघलेसुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।