१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

लाङ्टाङमा भूकम्पले विस्थापित प्रहरी चौकी पुनःस्थापना

२७ कार्तिक २०७४, सोमबार ०८:५४

कात्तिक २७, रसुवा । भूकम्पपछि विस्थापित नेपाल प्रहरीको लाङ्टाङ सुरक्षा चौकी पुनःस्थापना गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार २०७२ सालको भूकम्पका कारण त्यहाँका सबै पूर्वाधार ध्वस्त भएकामा स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षा दिन विस्थापित प्रहरी चौकी पुनःस्थापना गरी सेवा विस्तार गरिएको हो ।

धेरै वर्ष पुरानो लाङ्टाङ प्रहरी चौकी २०७२ सालको भूकम्पले पूर्ण क्षति बनाएपछि बस्ने ठाउँको अभावमा विस्थापित सो चौकी पुनःस्थापना हुँदा हिमाली ग्रामीणवासी र आन्तरिक एवं बाह्य पर्यटकले सुरक्षा महसुस गर्न थालेको लाङ्टाङ चौकी पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा तामाङले बताए ।

भूकम्पले लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पूर्णरूपमा ध्वस्त हुँदा १७५ स्थानीयवासी १० नेपाली सेना र केही विदेशी नागरिकको मृत्यु भएको थियो ।

नेपाली सेना र लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षा चौकी भने पुनः स्थापना हुन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट