2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा नगदसहित ८ जुवाडे पक्राउ

ताराबहादुर महत । कार्तिक २७, दोलखा । दोलखामा प्रहरी सक्रियताले सामाजिक विकृति फैलाउनेहरु धमाधम पक्राउ पसररहेका छन ।

विशेष गरी चाडपर्व, जात्रा, उत्सव लगायतका नाममा जुवातास खेल्ने क्रम बढेसँगै प्रहरीले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरेको हो ।  शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ चरङ्गेमा खाल थापी कौडा खेलीरहेको अवस्थामा प्रहरीले आईतबार साँझ ८ जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बैत्यश्वर गाउँपालिका –६ का कल्याण तामाङ, राम सुवेदी, विष्णु भुजेल, शिव सुवेदी, दिनेश घिमिरे रहेका छन । त्यसैगरी भिमेश्वर नगरपालिका वडा नम्बर ५ का ताराप्रसाद शर्मा, भिमेश्वर नगरपालिका वडा नम्बर ३ का मेघबहादुर बुढाथोकी र शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ का कृष्णबहादुर तामाङ पनि पक्राउ परेका छन ।

पक्राउ परेकाहरुको साथबाट ७९ हजार ३ सय ९५ रुपैँया नगद पनि बरामद गरिएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई