
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ३०० रुपैयाँले घटेर कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोलामा ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।