काठमाडौँ | सेयर कारोबार मापक नेप्से परिसूचक २२.८५ अंकले बढेको छ । पछिल्ला ३ कारोबार दिन लगातार उकालो लाग्दा १०२ अंकले बढेको नेप्से बुधबार २१.१९ अंकले घटेको थियो । बिहीबार भने करिब १२ अंकले बढेको थियो । अघिल्लो दिनको तुलनामा ०.८७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६४७.२२ अंकमा पुगेर बन्द भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७४ कम्पनीको घट्यो । तर सो दिन ९ कम्पनीको मूल्य स्थिर रहेको छ । शुक्रबार कुल ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार ७ सय ६१ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ६ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स र अन्य बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से करिब २३ अंकले बढेको हो ।