2026-07-03 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

खिजीकाती एमालेमय बन्यो,राप्रपाका वडा अध्यक्ष सहित कांग्रेसका सय जना एमालेमा प्रवेश

कार्तिक २८ ओखलढुंगा ।  ओखलढुंगामा बामपन्थी प्रतिको जनलहर बढ्दै गएको छ । मंगलबार जिल्लाको खिजीदेम्बा गाउपालिका ४ खिजीकातीमा चुनावी आमसभा सम्पन्न भएको छ । सभामा खिजीकातीका राप्रपाबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उमेद्वार बनेका गोविन्द सुनुवार सहित करिब सय जना एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा धेरै जसो कांग्रेस परित्याग गरेका स्थानीय प्रभावशाली नेताहरु छन् ।

 

एमालेप्रतीको आकर्षण बढेसँग स्वस्फुर्त रुपमा पार्टी प्रवेश गर्नेको लहर चलेको एमाले जिल्ला कमिटि सदस्य कमल न्यौपानेले बताउनुभयो । केही समय अघि खिजीकातीमा चुनावी सभा आयोजना गरेर कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको दावी गरेपनि कांग्रेसको तुलनामा तेब्बर जनलहर बामपन्थीको पक्षमा देखिएको उहाँको दावी छ । ‘खिजीकाती कांग्रेसले आफ्नो जिल्लाकै सबै भन्दा बलियो क्षेत्र मान्दै आएको थियो,अब त्यो सत्य रहेन’ न्यौपानेले भन्नुभयो‘कांग्रेसका नेताले पटक पटक चुनाव जितेपनि काम नगरेको तर एमालेले १ पटक जित्दा थुप्रै कामहरु गाउँमा गरेको र आश लाग्दो पार्टी पनि यहि हो भन्ने बुझेर उहाँहरु प्रवेश गर्नुभएको हो ।’ यस अघिका सबै निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने खिजिकातीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको इतिहाँस मेट्दै एमालेका न्यौपानेले चुनाव जित्नु भएको थियो । ‘यो पटक एक्ला एक्लै भिड्दा पनि चुनाव जितियो अब संघ र प्रदेशमा यहाँबाट थोरैमा पनि ७० प्रतिशत मत गठबन्धनको पक्षमा जान्छ भन्ने हाम्रो आँकलन छ ।’ स्थानीयलाई बाम गठबन्धनका संघिय प्रतिनिधी सभाका उमेद्वार यज्ञराज सुनुवार र प्रदेश सभाका उमेद्वार अम्बिरबाबु गुरुङले खादा र टिका लगाएर प्रवेश गराउनु भएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै संघिय प्रतिनिधी सभाका उमेद्वार यज्ञराज सुनुवारले आफुले खिजीक्षेत्रको विकासमा ठुलो योगदान गरेको दावी गर्दै आफुलाई यस क्षेत्रका जनताले फेरि निर्वाचित गराउने विश्वास व्यक्त गर्नुभयो । खिजीक्षेत्र आफ्ना लागि संधै प्राथमिकतामा परेको बताउँदै सुनुवारले अझै धेरै विकासका कामहरु गर्नुपर्ने भएकाले ढुक्क भएर सुर्यमा मतदान गर्न आग्रह गर्नुभयो । 


त्यस्तै प्रदेश सभाका उमेद्वार अम्बिरबाबु गुरुङले आफुले विश्वका थुप्रै देशमा पुगेर विभिन्न अनुभवहरु बटुलेको स्मरण गर्दै त्यसलाई जिल्लाको विकासमा प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । युवाको रोजगारी र गाउँको विकासका लागि आफुले संधै केन्द्रभागमा रहेर काम गर्ने उहाँको भनाई थियो । गुरुङले गठबन्धनले चुनाव जित्ने दावी गर्दै संधै जनताको माग र आवश्यकताका आधारमा काम गर्ने बताउनुभयो । एमालेका जिल्ला तथा पालिका कमिटिका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ