Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 15, 2017 चितवन - CTW, समाज

मोटरसाइकल पल्टिँदा एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २९, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

आज बिहान करिब १:३० बजेको समयमा तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

लंकालाइनबाट भरतपुरतर्फ जानेक्रममा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३१ वर्षीय विवेक दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

सो मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय दुखिराम दराई र कालिका नगरपालिका–३ का ३१ वर्षीय अविनास महतो घाइते भएका छन् । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अनुमान प्रहरीले गरेको छ । रासस