१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा प्रहरीद्वारा अवैध मदिरा बरामद

२९ कार्तिक २०७४, बुधबार ०६:५६

कात्तिक २९, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । 

मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । 

मेलम्ची बजार क्षेत्रमा रहेका विभिन्न होटलमा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको एक हजार ५०० लिटर घरेलु मदिरा बरामदपश्चात स्थानीय समाजसेवी, पत्रकारसहितको टोलीले नष्ट गरेको हो । 

मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । 

यसअघि पनि पटकपटक बजार क्षेत्रका विभिन्न स्थानमा र ओसारपसारको लागि लैजाँदै गरेको मदिरासहित मदिरा बनाउन प्रयोग हुने मर्चा प्रहरी कार्यालय मेलम्चीले बरामद गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ