२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पहिलो पटक गाँउपालिकामा इन्टरनेट सेवा जडान

२०७४, ३० कार्तिक बिहीबार १२:२८

टेक शाही/कात्तिक ३०, डोल्पा । डोल्पाको जगदुल्ला गाँउपालिकामा पहिलो पटक २ जी इन्टरनेट सेवा जडान गरिएको छ । 

मौरे लेखमा रहेको रेडियो लिङ्क सेवाबाट रिमीमा रहेको बिटिएस टावरमा माइक्रोओयव रेडियो लिङ्क जडान गरि २ जी इनटरनेट सञ्चालन गरिएको दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । 

भिस्याट प्रबिधिबाट माइक्रोओयव रेडियो लिङ्कमा परिनत गरि जगदुल्ला गाँउपालिकामा २ जी इन्टरनेट सञ्चालनमा ल्याएको क्षेत्रिय कार्यालय नेपालगञ्जका बरिष्ठ इन्जीनीयर सुरेन्द्र खड्काले जानकारि दिए । उनका अनुसार अब एक महिना भित्रमा थ्रीजि सेवा पनि बिस्तार गरिने बताए । 


उनले भने- थ्रीजि सेवाको लागि थप सोलार पावरको आबास्यक्ता पर्ने भएकोले सबै ब्यबस्था कार्यालयले गरेको भए पनि निर्वाचनको बेला भएको कारण तत्काल सेवा बिस्तार गर्न नसकिएको जानकारि दिए ।

धर्म न्यौपाने र गेहेन्द्र सुवेदीको टोलीले बुधबार साँझ देखि माइक्रोओयव रेडियो लिङ्क जडान गरि इन्टरनेट सञ्चालन गरेका हुन । पहिलो पटक गाँउमा बसेर इन्टरनेट चलाउन पाउदा खुसिको सिमा नरहेको स्थानिय राज बहादुर थापाले बताए । उनले भने अब हामी बिश्वसँग जोडियौ घरमा बसेर बिश्व हेर्न सक्छौ । 

बारमबारको अथक प्रयास पछि जगदुल्ला गाँउपालिकामा इन्टरनेट जडान गरिएको गाँउपालिका प्रमूख नारासिँ रोकायाले जानकारि दिए । उनका अनुसार स्थानिय सरकार बनी सकेको र अब जगद्ुल्ला गाँउपालिकाको जनताको सबै काम आफुमाथि जिम्मेवारि आएकोले आफुले गरेको पहिलो प्रयास र थोरै भए पनि सफल भएको बताए । प्रमुख रोकाया भन्छन भौगोलिक रुपमा मिलेको पनि छ मेरो पालामा म डोल्पा जिल्लाको नमुना गाँउपालिकाको छाप लागाउने प्रयास गर्नेछु सञ्चार नागरिकको पहिलो सुचानाको आधिकार भएकोले पहिलो काम सञ्चार दिनु भएको बताए ।

सँघियता पछिको स्थानिय सरकार भनेको जनताको घरघरमा भएको आभास जनताले पाउनु पर्ने प्रमूख नारासिँ रोकायाको दाबि छ । जनताको कामदार हु सेवा गर्न आएको हु मलाइ कुनै प्रलोभन छैन मात्र जनताको काम गर्छू जनताको सेवामा रहन्छु प्रमूख रोकायाले भने । उनि भन्छन सरकारको नियम कानुन भित्र रहेर जनताको लागि सबै समय बिकासमा लागाउछु । 


साबिकका २ गाविस रिमी र काइगाँउ मिलेर बनेको एक गाँउपालिका हो यो । कम जनसँख्या रहेको र भुगोलले साथ दिएको यस क्षेत्रमा बिद्युत नियमित छ नमस्ते र हेलो नेपालको माबाइल सेवा पनि नियमित अबस्थामा चल्छन । अब इन्टरनेट सेवा पनि बिस्तार भए पछि स्थानिय सरकारको आभास जनताले गरेको स्थानिय हरि बहादुर शाहीले बताए । उनले भने गाँउगाँउमा सिँहदरबार भनेको यहि रहेछ । 

दैनिक बिकासका काम तिव्र हुदै गएको जगदुल्ला गाँउपालिकाका स्थानियहरु बताउछन । सडक बिस्तार भइ रहेको र अबको एक बर्षमा गाँउपालिकाको प्रत्यक बस्ति सम्म सडक बिस्तार हुने जुम्लादेखि कर्णाली राजमार्गमा जोडिने स्थानियहरु बताउछन । हाल आन्तरिक सडक बिस्तारको काम ३ वटा एक्जाभेटर र डोजरले तिव्र गरि रहेको प्रमूख नारासिँ रोकायाले जानकारि दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त