२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पहिलो पटक गाँउपालिकामा इन्टरनेट सेवा जडान

३० कार्तिक २०७४, बिहीबार १२:२८

टेक शाही/कात्तिक ३०, डोल्पा । डोल्पाको जगदुल्ला गाँउपालिकामा पहिलो पटक २ जी इन्टरनेट सेवा जडान गरिएको छ । 

मौरे लेखमा रहेको रेडियो लिङ्क सेवाबाट रिमीमा रहेको बिटिएस टावरमा माइक्रोओयव रेडियो लिङ्क जडान गरि २ जी इनटरनेट सञ्चालन गरिएको दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । 

भिस्याट प्रबिधिबाट माइक्रोओयव रेडियो लिङ्कमा परिनत गरि जगदुल्ला गाँउपालिकामा २ जी इन्टरनेट सञ्चालनमा ल्याएको क्षेत्रिय कार्यालय नेपालगञ्जका बरिष्ठ इन्जीनीयर सुरेन्द्र खड्काले जानकारि दिए । उनका अनुसार अब एक महिना भित्रमा थ्रीजि सेवा पनि बिस्तार गरिने बताए । 


उनले भने- थ्रीजि सेवाको लागि थप सोलार पावरको आबास्यक्ता पर्ने भएकोले सबै ब्यबस्था कार्यालयले गरेको भए पनि निर्वाचनको बेला भएको कारण तत्काल सेवा बिस्तार गर्न नसकिएको जानकारि दिए ।

धर्म न्यौपाने र गेहेन्द्र सुवेदीको टोलीले बुधबार साँझ देखि माइक्रोओयव रेडियो लिङ्क जडान गरि इन्टरनेट सञ्चालन गरेका हुन । पहिलो पटक गाँउमा बसेर इन्टरनेट चलाउन पाउदा खुसिको सिमा नरहेको स्थानिय राज बहादुर थापाले बताए । उनले भने अब हामी बिश्वसँग जोडियौ घरमा बसेर बिश्व हेर्न सक्छौ । 

बारमबारको अथक प्रयास पछि जगदुल्ला गाँउपालिकामा इन्टरनेट जडान गरिएको गाँउपालिका प्रमूख नारासिँ रोकायाले जानकारि दिए । उनका अनुसार स्थानिय सरकार बनी सकेको र अब जगद्ुल्ला गाँउपालिकाको जनताको सबै काम आफुमाथि जिम्मेवारि आएकोले आफुले गरेको पहिलो प्रयास र थोरै भए पनि सफल भएको बताए । प्रमुख रोकाया भन्छन भौगोलिक रुपमा मिलेको पनि छ मेरो पालामा म डोल्पा जिल्लाको नमुना गाँउपालिकाको छाप लागाउने प्रयास गर्नेछु सञ्चार नागरिकको पहिलो सुचानाको आधिकार भएकोले पहिलो काम सञ्चार दिनु भएको बताए ।

सँघियता पछिको स्थानिय सरकार भनेको जनताको घरघरमा भएको आभास जनताले पाउनु पर्ने प्रमूख नारासिँ रोकायाको दाबि छ । जनताको कामदार हु सेवा गर्न आएको हु मलाइ कुनै प्रलोभन छैन मात्र जनताको काम गर्छू जनताको सेवामा रहन्छु प्रमूख रोकायाले भने । उनि भन्छन सरकारको नियम कानुन भित्र रहेर जनताको लागि सबै समय बिकासमा लागाउछु । 


साबिकका २ गाविस रिमी र काइगाँउ मिलेर बनेको एक गाँउपालिका हो यो । कम जनसँख्या रहेको र भुगोलले साथ दिएको यस क्षेत्रमा बिद्युत नियमित छ नमस्ते र हेलो नेपालको माबाइल सेवा पनि नियमित अबस्थामा चल्छन । अब इन्टरनेट सेवा पनि बिस्तार भए पछि स्थानिय सरकारको आभास जनताले गरेको स्थानिय हरि बहादुर शाहीले बताए । उनले भने गाँउगाँउमा सिँहदरबार भनेको यहि रहेछ । 

दैनिक बिकासका काम तिव्र हुदै गएको जगदुल्ला गाँउपालिकाका स्थानियहरु बताउछन । सडक बिस्तार भइ रहेको र अबको एक बर्षमा गाँउपालिकाको प्रत्यक बस्ति सम्म सडक बिस्तार हुने जुम्लादेखि कर्णाली राजमार्गमा जोडिने स्थानियहरु बताउछन । हाल आन्तरिक सडक बिस्तारको काम ३ वटा एक्जाभेटर र डोजरले तिव्र गरि रहेको प्रमूख नारासिँ रोकायाले जानकारि दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य