Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कंचनपुरमा आगो लाग्दा डेढलाख बराबरको क्षती

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भास्कर के.सी | कात्तिक ३०, कञ्चनपुर | भि.न.पा.–१८ गोवरैया स्थित एकता टोलमा रहेको राधा देवी बागचनको परालको कुन्यौमा&nbsp; आगो लागदा झण्डै डेढ&nbsp; लाख बराबरको क्षति भएको&nbsp; छ । परालमा आगो लागे पछि आगो बढदैं जाँदा ३ कोठाको काठको घर जसलाई खरले छाएको समेत जलेर नष्ट भएको छ । उक्त कोठामा रहेको १०&nbsp; बोरी धान, ५बोरा गहुँ, लुगा, कपडा, खाद्यान्न,काठका फन्टी,&nbsp; कडी र घरमा राखेको नगद रु.१५०००। समेत आगोले नष्ट गरेको ५५ वर्षीय बागचनले&nbsp; &nbsp;बताइन ।<br></p><p>एक्कासि आगो लागेको आफुहरुले देखे पछि थाहा पाएको, गाई लाई खुवाउन दाना पाकाएको आगो बाट परालमा सल्लकेको हुन सक्ने बागचनले&nbsp; &nbsp; &nbsp;बताईन । आगो कसरी लागेको हो यकिन खुल्न सकेको छैन तर भिमदत्त नगरपालिकाको आगो नियन्त्रक दमकल,&nbsp; &nbsp;प्रहरी र स्थानियको अथक प्रयासले ठुलो क्षति भने हुन&nbsp; ाएन । झण्डै एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।</p>