2026-10-15 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया जाने कामदारको बायोमेट्रिकमा सिन्डिकेट र बढी शुल्क असुलेको आरोपमा कैलाश खड्का पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियामा सिन्डिकेट खडा गरी बढी रकम असुलेको आरोपमा मेडिकल व्यवसायी तथा मेडिकल व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कैलाश खड्का ललितपुरबाट पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह र श्रममन्त्री रामजी यादवको निर्देशनपछि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई सिन्डिकेटमार्फत सेवा लिन बाध्य बनाएको र स्वास्थ्य परीक्षणका नाममा तोकिएभन्दा बढी रकम असुलेको आरोप खड्कामाथि लागेको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कासहित अन्य मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान अघि बढाएको जनाइएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि आर्थिक भार थप्ने गरी सञ्चालन भइरहेका संयन्त्र र व्यवसायीमाथि छानबिन तीव्र बनाएको छ ।

२०७१ पुस ३० गतेदेखि मलेसिया जाने नेपाली कामदारका लागि बायोमेट्रिक स्वास्थ्य परीक्षण प्रणाली सुरु भएको थियो । तात्कालिन समयमा मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्ने भनेर नेपालको नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट कम्पनीबीच २०७० मै सम्झौता भएपनि मेडिकल व्यवसायी, म्यानपावर व्यवसायीका साथै महासंघकै पदाधिकारीको विरोध र सरकारले स्वीकृत नदिँदा कार्यान्वयन हुन सकेको थिएन । मलेसियाले भने त्यतिबेला बायोमेट्रिक लागू गराउन नेपाल सरकारलाई दबाब दिँदै आइरहेको थियो । सुरुवातमा बायोमेट्रिक प्रणालीमा ३९ वटा स्वास्थ्य संस्था आबद्ध थिए । पछि ३६ कायम गरेर खड्काकै नेतृत्वमा ति ३६ ले मात्र मेडिकल गर्न पाउने बनाइएको थियो ।

ठ्याक्कै अहिले त्यसैको झल्को दिने गरि मलेसिया कामदार पठाउन पनि सिमित २५ म्यानपावरले मात्र FWCMS मा नाम हालेपछि खड्काको समेत संलग्नता यसमा पनि रहेको भन्दै आलोचना भईरहेको थियो । तर म्यानपावर सिन्डिकेटमा उनको संलग्नताबारे पुष्टि भने भईसकेको भने छैन । बुधबार बेलुकादेखिनै मलेसिया सिन्डिकेटमा जोडिएका व्यवसायीलाई बयानको लागि बोलाउने विषयमा चर्चा बाहिरिएको थियो । लगत्तै उनि बिहिबार पक्राउ परेका हुन् । उनको पक्राउसँगै मलेसिया रोजगारमा पठाउन जोडिएका २५ व्यवसायीलाई पनि क्रमश: बयानमा बोलाउने तयारी रहेको बुझिएको छ ।

२०७५ सालमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले बायोमेट्रिकसहित मलेसिया रोजगारीसँग सम्बन्धित केही प्रणालीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए । तात्कालिन समयदेखिनै स्वास्थ्य संस्थाको छनोट तथा बायोमेट्रिक प्रणालीको व्यवस्थापनमा सिमित संस्था मात्र छनौटको आधारमा उनको भूमिकालाई लिएर प्रश्न उठाइएको थियो ।

विभिन्न संघसंस्थामा आबद्ध खड्का यसअघि वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यसमेत नियुक्त भएका थिए । उनलाई २०७७ असारमा बोर्डको विज्ञ सदस्यमा नियुक्त गरिएपछि विवाद उत्पन्न भएको थियो। नियुक्तिको चौतर्फी आलोचना भएपछि उनले २०७७ साउन १ गते पदबाट राजीनामा दिएका थिए ।

वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम असुलेको आरोपमा खड्का यसअघि पनि प्रहरीको फरार सूचीमा परेको विवरण सार्वजनिक भएको थियो। तत्कालीन सरकारले बायोमेट्रिक, भिएलएन, वान स्टप सेन्टर र जिएसजी लगायतका संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो ।

सोही क्रममा २०७५ जेठ ६ गते ठगीको आरोपमा ४० जनाभन्दा बढी व्यवसायी पक्राउ परेका थिए। तर, खड्का भने त्यतिबेला फरार रहेको विवरणमा उल्लेख छ ।

सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता, कामदारमाथिको आर्थिक शोषण तथा सिन्डिकेट नियन्त्रण गर्ने उद्देश्यले अन्य म्यानपावर व्यवसायीमाथि समेत अनुसन्धान अघि बढाएको जनाइएको छ ।

हाल खड्का पक्राउ प्रकरण मलेसियाको सिमित २५ म्यानपावरले मात्र कामदार पठाउन पाउने गरि आएको मलेसियाको FWCMS को ‘मेमो’ सँग समेत जोडिएको छ । उक्त ‘मेमो’ अनुसार आजदेखि मलेसिया बायो मेडिकल बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता