Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीका नासुविरुद्ध अख्तियारले हाल्यो मुद्दा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १, काठमाडौँ (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।&nbsp;<br></p><p>आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्टेशन पास गरी जग्गाधनी प्रमाणपत्र पूर्जा दिने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ पर्नुभएको थियो ।&nbsp;</p><p>अनुसन्धानका क्रममा नासु दाहालले भ्रष्टाचारजन्य गतिविधि गरेको ठहरसहित हदैसम्मको कारबाही र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।&nbsp;</p>