
काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको सुनचाँदीको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार ३०० रुपैयाँ र चाँदी ७० रुपैयाँ महंगो भएको हो । महासंघका अनुसार आज सुन तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ६५० रुपैयाँ रहेको थियो ।