काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो ।
कर्णालीका लागि डेभिड मिलरले सर्वाधिक ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । मिलरबाहेक कर्णालीका लागि दीपक डुम्रेले १८ रन जोडे पनि अन्य व्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।