2026-11-06 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने

2026-11-06

काठमाडौँ | नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको छ। सभापति गगन थापाको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित नागरिकलाई लक्षित गरी विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा गत भदौ १० गते गएको आकस्मिक बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, पीडितको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह तथा पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो। बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए। त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने पहलकदमी तय गरिनेछ । त्यस्तै, बाढीपहिरो प्रभावित परिवारलाई लक्षित गरी ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील र प्रतिबद्ध रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउने, पुनःस्थापना सुनिश्चित गर्ने र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ। साथै पार्टीका तर्फबाट आवश्यक सहकार्य, सहयोग र सहजीकरणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको सहमहामन्त्री स्नेहीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण तिहारअघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो एकै दिनमा सकियो सुनका असर्फीको स्टक, आज चाँदीका मेडालियन मात्रै बिक्री हुने सर्वोच्चमा दर्ता भयो दानबहादुरको रिट, पेशी तोक्न बाँकी सार्वजनिक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ सरकार र रास्वपाबीच कुनै विवाद छैन : सभापति लामिछाने एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल