2026-11-07 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री बालेनद्वारा तिहारको शुभकामना व्यक्त, सत्य र न्यायको बाटोमा अघि बढ्न आग्रह

2026-11-07

काठमाडौँ | प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौँ। घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने र ‘काकेन दधि भक्षितम्’ भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने कामना गर्ने प्रचलन छ। आधुनिक सञ्चार नभएको प्राचीन कालमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो। ‘

उनले थप लेखेका छन्– ‘ यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्परा पनि छ। हाम्रो संस्कृतिले यमराजलाई डरको रूपमा मात्रै होइन, न्यायको प्रतीकका रूपमा पनि बुझाएको छ। यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास गरिन्छ।’

आजै परेको धन्वन्तरी जयन्तीका अवसरमा समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट भएका आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सम्पूर्णमा निरोगी जीवनको शुभकामना व्यक्त गरेका छन् । ‘भोलि पर्ने कुकुर तिहारका अवसरमा, मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरलाई मीठा परिकार खुवाएर पूजा गरिन्छ। घरको रखवारी गर्नेदेखि विभिन्न अनुसन्धान र उद्धार कार्यमा समेत मानिसलाई साथ दिने कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने यो दिनले हाम्रा अन्य जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाओस्। सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिओस’ उनले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने प्रधानमन्त्री बालेनद्वारा तिहारको शुभकामना व्यक्त, सत्य र न्यायको बाटोमा अघि बढ्न आग्रह एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण