2026-11-07 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत

2026-11-07

काठमाडौँ | नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनले पुनरावलोकन प्रक्रियाबाट न्याय पाइने विश्वास व्यक्त गरेका हुन् । सर्वोच्च अदालतले यसअघिको निर्णयमा कमीकमजोरी र त्रुटि रहेको स्वीकार गरेर पुनरावलोकनका लागि अनुमति दिएकाले देउवा समूहले पार्टीको आधिकारिकता पाउने नेता महतको भनाइ थियो ।

‘सर्वोच्च अदालतले पहिलाको निर्णयमा कमीकमजोरी थियो, त्रुटि थियो भनेर स्वीकार गरिसकेको अवस्थामा अवश्य पनि न्यायको विजय हुन्छ । न्यायको पक्षमा निर्णय हुन्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौं ।’ नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसलेमात्र बोकेको जिकिर गरे । ‘जो भएता पनि मूल कुरो के हो भने नेपाली कांग्रेसको मुल आत्मा हामीमा छ । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ,’ उनले भने, ‘नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई हामीले बोकेका छौं । विधि, प्रक्रियालाई हामीले फलो गरेका छौं ।’

नेता महतले मुलधारको कांग्रेसले बीपी कोइरालाको समाजवादलाई छोडिसकेको आरोपसमेत लगाए ।‘बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई उहाँहरूले छोडिसक्नुभयो । उहाँहरूले अहिले सामाजिक प्रजातन्त्र भन्न थाल्नुभएको छ,’ उनले भने, ‘रास्वपाको पनि सामाजिक प्रजातन्त्र, गगनजीको नेतृत्वको कांग्रेसको पनि सामाजिक प्रजातन्त्र । भने पछि उहाँहरूले विचार छोडिसक्नुभयो । नेपाली कांग्रेसभित्रको संस्कार छोडिसक्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने प्रधानमन्त्री बालेनद्वारा तिहारको शुभकामना व्यक्त, सत्य र न्यायको बाटोमा अघि बढ्न आग्रह एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण