
काठमाडौँ | सर्वोच्च अदालतमा नवनियुक्त चार न्यायाधीशले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार दिउँसो उनीहरूले पद तथा गोपनीयताको शपथ लिए ।
प्रधान्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ दिलाएका हुन् । उनीहरूलाई राष्ट्रपति पौडेलले शुक्रबार नै सर्वोच्चको न्यायाधीश नियुक्त गरेका थिए । न्याय परिषदको सिफारिस र संसदीय सुनुवाइ विशेष समितिको अनुमोदनपछि राष्ट्रपति पौडेलले न्यायाधीश नियुक्त गरेका हुन् ।