2026-10-18 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

ऐतिहासिक मदन मेलाको तयारी अन्तिम

प्रकाश धौलाकोटी, चैत २९, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्ने पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला यसवर्षपनि बैशाख १ गतेबाट सुरु हुँदैछ । मेला आयोजक समितिले मेलाको तयारी तिव्र रुपमा गरिरहेको जनाएको छ ।

खेलकुद, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु सहित सन्चालन हुने मेलाकालागि अन्तिम तयारी भइरहेको मेला समितिका सचिव अनिरुद्र तिम्सीनाले बताउनुभयो । बैशाख १ गते नयाँ वर्षको आगमनसँगै सुरु भएर एक सातासम्म सन्चालन हुने मेलाको रोटेपिङ, चर्चित हाँस्य कलाकार तथा गायकहरुसहितको सांस्कृतिक कार्यक्रम आदिले थप रौनकता थप्ने बताइएको छ ।

मेलाका अवसरमा सन्चालन हुने मदन मेमोरियल पुरुष फुटबलतर्फ यसवर्ष हालसम्मकै सर्वाधिक राशी विजेताले नगद ८१ हजार र उपविजेताले ४४ हजारसहित अन्य पुरस्कार प्राप्त गर्नेभएकाले पनि मेलाको आकर्षण थपिएको मेला समितिको ठम्याई छ । २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ ।

रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको छ । मेलाको अवसरमा यसवर्ष मदन मेमोरियल फुटबल, भलिबल, छेलो, खुला कविता, लोकनृत्य र धाननाच प्रतियोगिता लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु हुने छन् ।

मेलाको उद्घाटन नयाँ वर्ष प्रारम्भको दिन बैशाख १ गते विशेष समारोहसहित हुँदैछ । उद्घाटनका अवसरमा यहाँको पहिचान झल्कँने सांस्कृतिक झाँकी प्रदर्शन, मेलाको ऐतिहासिकता र वर्तमानबारे जानकारी लगायत कार्यक्रम गरी गर्ने तयारी भइरहेको मेला समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु