१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली बजारमा व्यापार किन सुस्तायो ? यस्तो छ कारण

२ मंसिर २०७४, शनिबार ११:२९

मङ्सिर २, मन्थली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गाउँ गाउँमा चुनार्वी चहलपहल बढे पनि मन्थली बजार भने सुनसान जस्तै देखिन्छ । 

सवारीसाधन र मानिसको आउजाउ कम भएकाले त्यसबाट व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव परेको व्यवसायीले बताएका छन् । चुनावको दबाब र सवारीसाधनलाई रुट परमिट नभएका कारण मालबाहक सवारीसाधन मन्थली छिर्न नपाएका उनीहरुले बताउँछन् । 

सहयात्री इन्टरप्राइजेजका सञ्चालक महेश्वर कर्माचार्यले अहिले खेतीपातीको समय भएकाले र राजनीतिक दलमा आबद्ध व्यक्ति चुनाव प्रचारमा गाउँगाउँ हिँडेकाले बजारमा चहलपहल कम देखिएको बताउनुभयो । 


तीन सातादेखि बजार सुनसानजस्तै देखिएको छ । सरकारी कर्मचारी पनि निर्वाचनका लागि गाउँ छिरेकाले त्यसको प्रभाव बजारमा देखिएको उहाँको भनाइ छ । 

उद्योग वाणिज्य संघ, रामेछापका अध्यक्ष श्याम थापाले चुनावको दबाबले गाउँबाट मानिस बजार नआएको बताउनुभयो । मालबाहक सवारीसाधनको विवादले सवारीसाधन मन्थली नछिरेका जानकारी पनि उहाँले दिनुभयो । 

उहाँले भन्नुभयो– “मालबाहक सवारीसाधन भित्र्याउने विषय पुरानो भएको हो, मालबाहक सवारीसाधन नआउँदा पुनःनिर्माणसम्बन्धी काम प्रभावित भएको छ ।” बजारमा चहलपहल नभएका कारण मासिक रु दुई करोड घाटा व्यवसायीले व्यहोर्नुपरेको बताइएको छ । 

अध्यक्ष थापाले यस्तो समस्या लामो समयसम्म रहे त्यसले व्यवसायी पलायन हुने र रोजगारी गुम्ने खतरा रहने उल्लेख गर्नुभयो । यसबारे पटकपटक सम्बन्धित मन्त्रालय र स्थानीय प्रशासनलाई जानकारी दिइसकिएको पनि उहाँले बताउनुभयो । आगामी मंसिर १० गते रामेछापमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हँुदैछ । युवराज पाण्डे/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी