2026-11-15 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित

2026-11-15

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । यो जितसँगै कर्णालीले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । कर्णालीका लागि हुसैन तलातले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५१ रन बनाए । उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै आरिफुल इस्लामले आक्रामक सुरुवात गर्दै १५ बलमा ३५ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । पवन सर्राफले २१ बलमा १५ तथा गुलशन झाले ६ बलमा १८ रन जोडे । कप्तान डेभिड मिलरले ५ रन बनाए ।

बलिङतर्फ चितवनका कमल ऐरी र सलाउद्दिन खानले समान २ विकेट लिए । उसामा मिरले पनि २ विकेट हात पार्दा रिजन ढकाल र सिकन्दर राजाले १–१ विकेट लिए । १५४ रनको लक्ष्य पछ्याएको चितवनले राम्रो सुरुवात गर्न सकेन । टोलीका लागि उसामा मिरले सर्वाधिक अविजित २८ रन बनाए । कमिल मिश्राले २५, कुशल मल्लले १८, देव खनालले १४ तथा अशोक धामीले ११ रन जोडे । अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा चितवन १२९ रनमै समेटियो ।

कर्णालीका बलर हुसैन तलातले उत्कृष्ट बलिङ गर्दै ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पवन सर्राफले ४ ओभरमा १९ रन दिँदै २ विकेट लिए भने मार्क वाटले पनि २ विकेट हात पारे । सोमपाल कामीले १ विकेट लिए । कर्णालीको जितमा ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका हुसैन तलात प्लेयर अफ द म्याच घोषित भए । उनले अविजित ५१ रन बनाउनुका साथै ३ विकेट पनि लिएका थिए । यस खेलसँगै कर्णाली याक्सले चितवन राइनोजमाथि महत्वपूर्ण जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग नेपाललाई नकारात्मकता होइन, सकारात्मकता चाहिएको छ : गगन थापा त्रिभुवन विमानस्थलबाट सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ एनपीएल : कर्णाली याक्सले जित्यो टस, ब्याटिङ गर्ने निर्णय कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो छठ पूजाका लागि राष्ट्रपति पौडेल आज गौरीघाट जाँदै सुनचाँदीको मूल्य घट्यो छठले सबै अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन