2026-11-15 02:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छठले सबै अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह

2026-11-15

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई समान सम्मान गर्नुपर्ने सन्देश दिने बताउनुभएको छ। छठ पर्वको अवसरमाआज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले छठ पर्वलाई जीवनको गहिरो दर्शनसँग जोड्दै उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य अर्पण गरिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका सबै अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने बताउनुभएको छ। चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य अर्पण गर्ने परम्परा रहेको पनि उहाँले स्मरण गराउनुभएको छ। प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै छठ पर्वले समाजमा सकारात्मक ऊर्जा, आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

यस पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्दै उहाँले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि रहिरहोस् भन्ने कामना गर्नुभएको छ। सन्देशको अन्त्यमा उहाँले मैथिली भाषामा ‘छैठके बहुत रास शुभकामना!’ भन्दै दीनानाथ र छठ परमेश्वरीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून् भन्ने कामनासमेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग नेपाललाई नकारात्मकता होइन, सकारात्मकता चाहिएको छ : गगन थापा त्रिभुवन विमानस्थलबाट सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ एनपीएल : कर्णाली याक्सले जित्यो टस, ब्याटिङ गर्ने निर्णय कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो छठ पूजाका लागि राष्ट्रपति पौडेल आज गौरीघाट जाँदै सुनचाँदीको मूल्य घट्यो छठले सबै अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री शाह देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो