2026-11-18 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ

2026-11-18

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइजीपीमाथि आक्रोश पोखेका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आइजीपीले आफूसहित शेरबहादुर देउवा र प्रचण्डलाई थुन्छु भनेको दाबी गरे । उनले भने, ‘आईजीपी हुने बित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु । म शेरबहादुरलाई थुन्दिन्छु । म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ? थुन्दिन्छु अरे !’

राणा शासन, पञ्चायती शासन र निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आफूहरू आएको बताए।‘अनि ६ महिनाको जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु । ठट्टा मजाक गर्‍या हो ?’ ओलीले आक्रोश पोख्दै भने, ‘तिनी जन्मिन भन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका थियौँ। मजाक गर्ने हामीमाथि ? थुने हुन्छ नि त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु ? हामी मजाकका पात्र हौँ ? ठट्टा जस्तो भएको छ सबलाई । थुन्दिन्छु अरे ।’

प्रमाण भेटे प्रहरी आईजीपी पनि थुनिने उनले बताए। ओलीले थपे, ‘उनी पनि थुनिन्छन् होला नि गलत काम गरेको प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि ! गृहमन्त्री फाइल खोल्दैछु पख्नु सब थुनिन्छन् । एक से एक थुनिन्छन् भन्दै हिँड्छन् । कसलाई भनेको हो ?’

गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, मनोवैज्ञानिक आतंक फैलाउने काम भइरहेको बताए। यस्ता हावादारी कुराहरूमा एमाले नहल्लिने चेतावनी दिए । उनले भने, ‘नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’ एमाले मूल गेटबाट सिंहदरबार पस्ने र देश बनाउने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँविरुद्ध कामिलको अर्धशतक संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने एक युवक पक्राउ सिरहामा एक सातादेखि बेपत्ता ४५ वर्षीय पुरुषको पोखरीमा शव फेला आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ