2026-11-18 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल

2026-11-18

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेले पार्टी सुदृढीकरणको उद्देश्य कसैलाई निषेध गर्नु नभएको बताएका छन्। राष्ट्रिय भेलालाई प्रस्ताव पेश गर्दै एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग गर्न नहुने बताए। उनले भने, ‘यथार्थतामा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनर्स्थापित गर्नु सुदृढीकरणको उद्देश्य हो। पार्टीमा देखा परेका कमीकमजोरीलाई जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नु आजको आवश्यकता हो।’

पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली र आचरण उदाहरणीय हुनुपर्ने बताए। नेता कार्यकर्ताको जीवनशैली सरल, जनमुखी, श्रमको सम्मान गर्ने तथा आम जनताले अपनत्व गर्ने खालको हुनुपर्ने बताए। उनले थपे, ‘जनतासँगको दूरी बढाउने व्यवहार, तडकभडक, अपमानजनक भाषा र शक्तिको दुरुपयोगलाई सदैव निरुत्साहित गर्नुपर्दछ। पार्टीका हरेक तहले जनसम्पर्क, श्रम, उत्पादन, सामाजिक सेवा तथा जनसमस्याको समाधानसँग जोडिने कार्ययोजना बनाउनुपर्दछ।’

नेता र कार्यकर्ताले जनताको घरदैलोमा पुग्ने, जनताका कुरा सुन्ने, दैनिक समस्याको समाधानका लागि सक्रिय हुने परिपाटी बसाल्नुपर्ने बताए।
पछिल्लो समयमा कतिपय नेता कार्यकर्ताको आर्थिक जीवन भड्किलो हुँदै गएको, नैतिक आचरणका सन्दर्भमा गम्भीर प्रश्न उठ्ने गरेको, आर्थिक अपराध, अनियमितता तथा यौनजन्य गतिविधि जोडिएका घटनाहरू सार्वजनिक हुँदा तिनको संस्थागत छानबिन र तथ्यपूर्ण हुन नसकेको बताए। पोखरेलले थपे, ‘यस्ता विषयमा मौनता वा ढिलाइले जनस्तरमा नकारात्मक प्रभाव पार्छ। आरोप सत्य असत्य जे भए पनि निष्पक्ष छानबिन, तथ्यमा आधारित निर्णय र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया स्थापित हुनुपर्दछ। यस प्रश्नलाई पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ र समयमै छानबिन गर्ने संस्थागत परिपाटी विकास गर्नुपर्दछ।’

पार्टी नेतृत्व सर्वहारा वर्ग, किसान, आधारभूत समुदाय, आम जनताबाट टाढिँदै गएको र सम्भ्रान्त वर्गको प्रभावमा पर्दै गएको आरोप लाग्ने गरेको बताए। पार्टी अनुशासनहीनता र अराजकता बढ्दै गएको अनुभूति पार्टी पङ्क्तिले गरिरहेको समेत बताए। महाधिवेशन वा अधिवेशनका बेला आन्तरिक लोकतन्त्रको माग गर्ने तर परिणामलाई सहज रूपमा स्वीकार गर्न नसक्ने प्रवृत्तिले स्थायी गुटबन्दी र अन्तर्विरोध बढ्ने गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँविरुद्ध कामिलको अर्धशतक संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने एक युवक पक्राउ सिरहामा एक सातादेखि बेपत्ता ४५ वर्षीय पुरुषको पोखरीमा शव फेला आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ