2026-11-20 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको टिप्पणी : एमालेमा भवितव्यले कोही अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्दैन

2026-11-19

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भवितव्यले पार्टीमा कोही पनि शीर्ष स्थानमा नपुग्ने बताएका छन् । काठमाडौँमा जारी एमालेको राष्ट्रिय भेलामा बिहीबार (मंसिर ३) उनले पार्टीको पदाधिकारी बन्न योग्यता पुगेको हुनुपर्ने बताएका हुन् । “अरूमा जस्तो जे भए पनि हुन्छ, जो भए नि हुन्छ भन्ने होइन । नेतृत्वमा वैचारिक स्पष्टता, सांगठनिक अनुभव, इतिहास, योगदान सबै चिजको मूल्यांकन गरिन्छ,” ओलीले भने ।

उनले थपे, “हाम्रो पार्टीमा भवितव्यले, भवितव्यले एकछिन ऊसँग मिलेर, यताउता गरेर कोही भवितव्यले हाम्रो पार्टीमा अध्यक्ष, उपाध्यक्ष, वरिष्ठ नेता, महासचिव, उपमहासचिव, सचिव भवितव्यले हुँदैन । कुनै पनि ठाउँमा भवितव्यले हाम्रो पार्टीमा शीर्ष स्थानमा पुग्दैन ।”

उनले युवा, महिलालाई एमालेले अघि बढाउन चाहेको भने बताए । तर, युवा भएकै आधारमा क्षमता नभई नेतृत्वमा नपुग्ने उनले स्पष्ट पारे । “हामीले कुनै भ्रममा पर्नु हुँदैन । युवाहरूलाई प्राथमिकताका साथ अघि बढाउन चाहन्छौँ । तर, टुप्पामा लगेर पदमा राख्दैमा, युवा उमेर पुग्यो अब, मेरो छोराको उमेर पुग्यो अब, युवा भएपछि केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा किन नराख्ने, युवालाई महत्त्व दिनुपर्छ, अब मेरो छोरालाई सचिवालयमा राख्नुपर्छ भन्ने यहाँ चल्दैन,” ओलीले भने ।

एमालेमा संगठन, काम सिक्नुपर्ने, विचार अध्ययन र आन्दोलनमा सरिक हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : केपी शर्मा ओली प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने मन्त्रिपरिषद्को बैठक जारी प्रधानमन्त्री बालेन शाह आइतबार भारत जाने, सोमबार साँझ स्वदेश फर्कने धादिङमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते हेलिकप्टरबाट काठमाडौँ ल्याइए सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी काठमाडौँ र मोरङबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ ओलीको निर्देशन : विदेश भ्रमणमा जानुअघि पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना : १४ यात्रु घाइते काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टासम्म बत्ती जाने ओलीको टिप्पणी : एमालेमा भवितव्यले कोही अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्दैन मोदीको नागरिकलाई सुझाव : अनावश्यक खर्च होइन, बचत गर्ने बानी बसालौँ विद्या भण्डारीको आरोप : महँगीले गरिबको चुलो निभ्दैछ, सरकारप्रति जनगुनासो बढ्दो