2026-11-20 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक

2026-11-20

MANTRI PARISAD

काठमाडौँ | सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच गर्नेसम्मका ७ वटा निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी मंसिर ६ र ७ गते हुने प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरिएको जानकारी दिए।

बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। यसैगरी, नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरिएको छ।बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ समेत स्वीकृत गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू :

१. २०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

२. चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

४. नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

५. राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

६. ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

७. राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : केपी शर्मा ओली प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने मन्त्रिपरिषद्को बैठक जारी प्रधानमन्त्री बालेन शाह आइतबार भारत जाने, सोमबार साँझ स्वदेश फर्कने धादिङमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते हेलिकप्टरबाट काठमाडौँ ल्याइए सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी काठमाडौँ र मोरङबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ ओलीको निर्देशन : विदेश भ्रमणमा जानुअघि पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना : १४ यात्रु घाइते काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टासम्म बत्ती जाने ओलीको टिप्पणी : एमालेमा भवितव्यले कोही अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्दैन मोदीको नागरिकलाई सुझाव : अनावश्यक खर्च होइन, बचत गर्ने बानी बसालौँ विद्या भण्डारीको आरोप : महँगीले गरिबको चुलो निभ्दैछ, सरकारप्रति जनगुनासो बढ्दो लगातार घट्दै सुन-चाँदीको मूल्य, बिहीबार सुन तोलामा ३ हजार ३ सय रुपैयाँ सस्तियो