मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

केहीबेरमा अस्पतालले द"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

केहीबेरमा अस्पतालले द"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डपुत्र प्रकाश दाहालको निधन, संधै बुबासँगै हिड्ने उनि झापा किन गएनन् ?

२०७४, ३ मंसिर आईतवार ०३:०२

मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

केहीबेरमा अस्पतालले दाहालको निधन भएको औपचारिक घोषणा पत्रकार सम्मेलन गरेर गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं फर्केका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए । 

आफ्नो बुबासँगै गएर दैनिक माओवादी केन्द्रको बिभिन्न गतिबिधि लाइभ दिने, टिप्पणीहरु लेख्ने, कार्यक्रमको फोटोहरु मिडियाहरुलाई पठाउने तथा आफ्नो फेसबुकमा प्राय अपडेट गरिरहने दाहाल दुईदिन देखि सामाजिक संजालमा सक्रिय थिएनन् । 

दाहालको मृत्युको खबर एकाबिहानै भाइरल भएपछी कतिपयले अनलाइन मिडियालाई गाली गर्दै झुटा खबर दिएको भन्दै गाली गरेका थिए भने कतिपयले श्रद्धाञ्जली समेत दिन थालेका छन् । केहिले सामाजिक संजालमा प्रकासलाई जनयुद्धको महान व्यक्तित्व भन्दै उनको पार्टीप्रतिको लगनशीलतालाई प्रशंशा गरेका छन् । केहिले उनले कुनै पदमा नबसी निरन्तर आफ्नो बाबुको राजनीतिक जीवनमा सबैभन्दा महत्वपूर्ण सारथीको रुपमा भूमिका निभाएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश