
काठमाडौँ | एसीसी राइजिङ स्टार्स प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भारत ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। टस जित्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले भारत ‘ए’लाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। प्रतियोगितामा दुवै टोलीले पहिलो खेल खेल्न लागेका हुन्।
भारत ‘ए’को कप्तानी अभिषेक शर्माले गरिरहेका छन्। भारतीय टोलीमा वैभव सूर्यवंशी, तिलक वर्मा र रिंकु सिंहजस्ता चर्चित ब्याटरहरू रहेका छन्।