2026-11-20 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने

2026-11-20

काठमाडौँ | नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कुरिनटारनजिकै घोप्टेभीरमा लगातार भइरहेको पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरेर मर्मतको काम गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय भएको जनाएको छ।

घोप्टेभीरमा लगातार पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। सडक बन्द रहने अवधिमा पहिरोको जोखिम रहेका ढुङ्गामाटो हटाउने काम गरिनेछ। सो समयमा उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली एसीसी राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : केपी शर्मा ओली प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने मन्त्रिपरिषद्को बैठक जारी प्रधानमन्त्री बालेन शाह आइतबार भारत जाने, सोमबार साँझ स्वदेश फर्कने धादिङमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते हेलिकप्टरबाट काठमाडौँ ल्याइए सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी