2026-11-20 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली

2026-11-20

काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको नभएको भन्दै आगामी दिनमा पुनः निर्वाचन जितेर सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्। उनले मुलुकको विकास, राष्ट्रियताको संरक्षण र देशको समृद्धिका लागि एमालेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै ती जिम्मेवारी पूरा गरेरै छाड्ने जिकिर गरे ।

आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको केन्द्र बन्ने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विगतका कमजोरी सुधार्दै जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए । विगतमा काम गर्ने क्रममा कुनै कमजोरी वा त्रुटि भएको भए त्यसलाई तत्काल सच्याएर जनतामाझ आफ्नो प्रभावकारी उपस्थिति देखाउन उनले आग्रह गरे । जनप्रतिनिधिहरूले राम्रो काम गर्न सके पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने उनको भनाइ थियो । जनताको विश्वास र समर्थन प्राप्त गर्ने गरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी आवश्यक ऐन तथा कानुन निर्माण गरेर काम गर्न सक्ने अधिकार रहेको पनि स्मरण गराए ।

अध्यक्ष ओलीले अहिले एमाले केन्द्रमा सरकार सञ्चालन गर्ने अवस्थामा नरहे पनि त्यो अवस्था धेरै समय नरहने दाबी गरे । आगामी दिनमा पुनः सरकार सञ्चालन गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले पार्टीले देश निर्माण, राष्ट्रियताको रक्षा र विकासको जिम्मेवारी पूरा गर्ने बताए । उनले भने , ‘अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ । यदि हिजो केही कमजोरी रहे भने हतारहतार सच्याउनुस् । जनप्रतिनिधिहरूले आफ्नो कामलाई सुधार्नुपर्छ । राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना पनि हुन्छ । त्यसैले मुख्यतः जनप्रतिनिधिहरूले नै कामलाई सोझ्याउनुपर्छ । संविधान तथा संघ र प्रदेशका कानुनसँग नबाझिने गरी आफ्ना कानुन र ऐन बनाउन सक्नुहुन्छ । अहिले हामी केन्द्रीय तहबाट गर्ने ठाउँमा छैनौँ, तर धेरै ढिलो होला जस्तो लाग्दैन । हामी फेरि कानुन बनाउने ठाउँमा पुग्छौँ । हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन । हामी जित्छौँ । यो पार्टीले देश बनाउनै पर्नेछ । यसले देश जोगाउँछ, देश बनाउँछ र राष्ट्रियताको रक्षा गर्छ ।’

अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ता तथा आम नागरिकको विश्वास जित्ने गरी कार्यसम्पादन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली एसीसी राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : केपी शर्मा ओली प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने मन्त्रिपरिषद्को बैठक जारी प्रधानमन्त्री बालेन शाह आइतबार भारत जाने, सोमबार साँझ स्वदेश फर्कने धादिङमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते हेलिकप्टरबाट काठमाडौँ ल्याइए सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी